काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन ।सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
महामन्त्री शर्माले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । उनले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए।
महामन्त्री शर्माले कांग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए । उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताए।
महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा