काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन ।सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
महामन्त्री शर्माले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । उनले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए।
महामन्त्री शर्माले कांग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए । उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताए।
महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा