काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सर्वोच्च नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे ।
विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताउँदै उनले समाजवाद ल्याउने उद्देश्यसहित क्रान्तिकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै बन्न नहुने बताउँदै उनले मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्नुपर्ने धारणा राखे ।
उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल