आइएमई पेमा आयो एयरलाइन्स टिकटमा क्यासब्याकको बहार

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १६ : ०८
आइएमई पेमा आयो एयरलाइन्स टिकटमा क्यासब्याकको बहार

काठमाडौं । आइएमई 'पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमईपेमा ‘क्यासब्याकको वर्षा’नामक अभियान सार्वजनिक गरेको छ। यसै सन्दर्भमा, यो हप्ता असार ३देखी आइएमईपेले एअरलाईन्समा क्यास ब्याकको वर्षा सुरु गर्दैछ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येकदिन साँझको ४ बजेदेखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु२००क्यासब्याक पाउने छन्। सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्नुहुने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन्।यो अफर असार ९ सम्मका लागिमात्र रहनेछ।