एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १५ : २३
एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरु

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको एनसेलले जनाएको छ ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहिबार (जेठ ३२) बाट संचालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

१ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साझँ ५ बजे सम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स १ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्ने भएका छन् ।

त्यसैगरी एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ४ ह्यास डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्ने छन् । यो प्याकको कर सहित रु १५० पर्दछ । ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ४ एष्ट्रिक्स ३ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस