काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए ।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ ।
‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन’, कार्यकारी निर्देशक घिसिङले अगाडि भने, ‘पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’
नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'