अर्थमन्त्रालयमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १२ : ५८
अर्थमन्त्रालयमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच भेटवार्ता

काठमाडौं  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थ मन्त्रालय पुगेका छन् ।

अहिले उनीहरुबीच भेटवार्ता जारी छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि गभर्नर अधिकारी र मन्त्री महतबीच छलफल भएको बताईएको छ ।

सरकारले जेठ १५ गते बजेट ल्याएको छ । उनीहरुबीच मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे पनि छलफल भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस