काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने आफ्नो पार्टीको विचार भएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताए ।
‘विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ,' उनले भने ।
पार्टीलाई दुई तिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने उनले स्पष्ट पारे । साना कुरामा बोल्ने समय आफूसँग नरहेको भन्दै अब सधैँ ठूला कुरामा मात्रै बोल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने