काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले पाँचथरस्थित मेची राजमार्गको एक पक्की पुल बगाएको छ ।
झापा र ताप्लेजुङ जिल्ला जोड्ने पुल बाढीले बगाएको प्रहरीले जनाएको छ । राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा अविरल वर्षापछि आएको बाढीको कारण हेवा खोलाको पुल बगाएको प्रहरीको भनाइ छ । जसका कारण मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ताप्लेजुङ, झापा जोड्ने मेची राजमार्ग सडक खण्ड अवरुद्ध भएको हुँदा आम सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
साथै तमोर करीडोरका विभिन्न स्थानहरुमा सडक अवरुद्द भएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
चौध करोड लागतमा मनाङमा पुल बन्दै