हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो।
आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, एक घर एक धारा प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरूलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा