मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
विद्यालय भवन निर्माण तथा घेराबार, प्रदेश विश्वविद्यालय स्थापना, मानित विश्वविद्यालयको स्थापना सम्भाव्यता अध्ययनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । खेलाडी उत्पादनका लागि खेलकुद पूर्वाधारको काम लाई अघि बढाउने, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लामाले बताए ।
अपाङ्गता प्रदेशिक नीति जारी गरी प्रदेशका सबै संरचना अपाङ्ग मैत्री निर्माण गर्ने, सीमान्तकृत समुदायका लागि सिपमूलक तालिम सञ्चालन गर्ने, अभिभावक नभएका बाल बालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा