कर्णालीको बजेट मन्त्रिपरिषदबाट अनुमोदन

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १४ : ४८
कर्णालीको बजेट मन्त्रिपरिषदबाट अनुमोदन

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।शुक्रबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

 

आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेश सभा बैठकमा झण्डै ३३ अर्ब रुपैयाँ भन्दा बढीको बजेट पेश गर्दै छन् । मन्त्रिपरिषद्को बिहीबार दिउँसो बैठक बस्ने र उक्त बैठकले बजेट पारित गर्ने भनिएको थियो ।

तर, मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाव दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेको स्रोतको दाबी छ ।प्रदेश सभामा बजेट प्रस्तुत गर्न एक घण्टा बाँकी रहँदा शत्रुबार दिउँसो १ बजे मन्त्रीपरिषदले बजेट अनुमोदन गरेको हो ।

सरकारका प्रवक्ता कृष्ण बहादुर जिसीले भने बजेट निर्माणमा कुनै पनि हस्ताक्षेप र विवाद नरहेको बताए ।‘बजेट निर्माणमा अर्थ मन्त्रालय स्वतन्त्र छ । त्यसमा कुनैपनि हस्ताक्षेप र विवाद छैन्,’ मन्त्री जिसीले भने, ‘मन्त्रीपरिषद बैठक पनि आज दिउँसो १ बजे नै बोलाइएको थियो । बैठकले बजेट अनुमोदन गरेको छ ।’