काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई कानुन व्यवसायी लागिपरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् ।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका छन्,’ बैठकमा उनले भने, ‘कतिसम्म तर्क आएका छन् भने गृहमन्त्रीले प्रहरीलाई अपाएकमा सरुवा गरेका कारणले प्रहरीले यो झुटो मुद्दा लगाएको भनेर, यस किसिमले दिनलाई रात बनाउने जुन षड्यन्त्र भइराखेको छ ।’
यसअघि पनि ठूल्ठूला भ्रष्टाचारीहरुलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै उनले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी
अमेरिकाले नेपालीलाई डिपोर्ट नगरोस् : चित्रबहादुर केसी
अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?