काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताउँदै भने, ‘अझै एक–दुई दिन लाग्ने नै जस्तो देखियो, सबैको आन्तरिक बैठक र तयारी पूरा नभएको हुनाले ।’
मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए । त्यसैले औपचारिक निर्णय भएन । तर मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए ।
खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ । अरु पार्टीहरुको केही कुरालाई पर्खनुपर्ने स्थिति भएको हुनाले आज चाहिँ यो समाजवादी मोर्चा नेपालको घोषणा हुन नसक्ने तर अत्यन्तै चाँडै यो घोषणा गर्ने ठाउँमा अन्य दलहरुसँग छलफल भइरहेको स्थिति छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने
समाजवादी मोर्चाको मञ्च तयार, प्रदर्शनीमार्गमा सवारी निषेध
समाजवादी मोर्चा र राजावादीको प्रदर्शन: बिहानैदेखि काठमाडौँमा सवारी आवागमन प्रभावित
समाजवादी मोर्चाले आज कहाँ–कहाँबाट निकाल्दैछ जुलुस ?
राजावादीविरुद्ध समाजवादी मोर्चाको विरोध प्रदर्शन, तय गर्यो रुट