काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?