काठमाडौं । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको हो।
मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ।
वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ।
समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जाने गर्छन्। जसलाई उनीहरू नोगोपो जाने भन्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा