काठमाडौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि आज शुक्रवार बजेट सार्वजनिक गर्दैछ ।
शुक्रवार दिउँसो ३ बजे दाङको देउखुरीस्थित प्रदेश सभामा भवनमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गर्दैछन् । यो वर्ष प्रदेश सरकारले गत वर्षभन्दा बजेटको आकार २० प्रतिशतले घटाएर ल्याउँदैछ ।
संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै प्रदेश सरकारको बजेट घट्ने भएको हो । कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै गत वर्ष प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यो वर्ष करीब ३४ अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउने बताइएको छ । यो वर्ष सरकारले रोजगारीलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले बताए ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १ वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने बताउँदै आएका छन् । नीति कार्यक्रममा पनि रोजगारी प्राथमिकतामा छ । जेठसम्म प्रदेशको बजेट झण्डै ४५ प्रतिशतसम्म मात्र खर्च भएको छ ।
स्रोत अनुगमन समितिले चालू आवभन्दा २० प्रतिशत कम हुने गरी सिलिङ मन्त्रालयमा पठाइएको थियो । सोहीअनुसार योजना छनोट भएका छन् । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट संकुचित हुने भएकाले बजेटको आकार घटेर आउने बताए ।
‘चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आवको बजेट घट्न सक्छ भन्ने प्रारम्भिक अनुमान छ,’ उनले भने ।
लुम्बिनी प्रदेश सरकारले सांसद् विकास कोषजस्तै घुराउरो तरिकाले सांसदहरूलाई बजेट दिने तयारी गरेको छ । संघीय सरकारले ल्याएको ‘पूर्वाधार विकास कोष’ कार्यक्रमको चौतर्फी विरोध भइरहेका बेला लुम्बिनी सरकारले भने योजना छनोटमार्फत् सांसदहरूलाई बजेट दिने तयारी छ ।
प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ७५ लाख रूपैयाँ बराबरको योजना ल्याउन पाउने गरी व्यवस्था गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित