काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आज (बिहिबार) को बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गरे ।
सांसद केसीले आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुखद् भएको बताए। उनले विद्यमान संरचना महिला र ज्येष्ठ नागरिकमैत्री नभएको र यस संरचनाबाट सन्तुलित विकास नहुने दाबी गरे ।
स्वतन्त्र सांसद् डा. अमशेरकुमार सिंहले १२ प्रतिशतमात्रै पुँजीगत खर्च हुने मुलुकमा विकासको गति अगाडि बढ्न नसक्ने भन्दै मधेसमा दलित, चमार र मुसहर बस्तीका बालबालिकाको अनुहार हेरेर बजेट बनाउन माग गरे ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येठ नागरिक मन्त्रालयअन्तर्गतका बजेटका शीर्षकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्री अनुपस्थित भएपछि युवा तथा खेलकुद मन्त्रालयको पूर्व निर्धारित छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी
विदेश गएका छोराछोरी आउँदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी
पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ : चित्रबहादुर केसी
मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : चित्रबहादुर केसी
अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी