सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा छुट

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १४ : २८
सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेस्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेन्टमा ग्राहकहरूले विभिन्न प्रकारका जापनिज परिकारहरूको स्वाद लिन सक्नेछन् ।

 

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरू तथा १२२ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस