नेपाली फुटबल टोलीले आज फिलिपिन्सको सामना गर्दै

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, ११ : २६
नेपाली फुटबल टोलीले आज फिलिपिन्सको सामना गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा फिलिपिन्सको सामना गर्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग रिजल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४ः४५ बजेबाट प्रतिष्पर्धा शुरु गर्नेछ ।

नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस