काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनमा उपस्थित सांसदको मत पाएका छन् ।
मंगलबार दोश्रो पटक विश्वासको मत मागेका उनले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका हुन् ।
नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन बाध्य भएका हुन् । एमालेले समर्थन फिर्ता लिएको ३० औं दिन विश्वासका मत मागेका उनले प्रमुख प्रतिपक्षी एमाले, गठबन्धन दल र स्वतन्त्र सबैकै विश्वासको मत पाए ।
विश्वासको मत मागेका उनको पक्षमा १०३ मत परेको खसेको थियो भने संसदमा १०३ जना सांसद उपस्थित थिए । यसअघि पनि मुख्यमन्त्री यादवले माघ ४ गते संसदमा सिंगो सांसदको मत पाएका थिए ।
हाल प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९–९, नेकपा एकीकृत समाजवादीका सात, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद छन् भन ३ जना स्वतन्त्र सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’: मुख्यमन्त्री सिंह
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु