काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलालेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो। सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७ सांसद
प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी - संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ
सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानविन समितिबारे कांग्रेससँग भोलिसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता