चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेलाई राजदूतले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेका हुन् ।
भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको रास्वपाले जनाएको छ । उक्त भेटघाटमा पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल