प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना, ८ जना गम्भीर घाइते

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १६ : ३०
प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना, ८ जना गम्भीर घाइते

प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको निजी गाडी दुर्घटनामा परेको छ ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास गौतमले भने, ‘उद्धार भइरहेको छ, उनीहरुको अवस्था के छ भनेर अस्पताल आएपछि नै थाहा हुन्छ ।’