काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार पुगेर बजेट सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएको छ।
अध्यक्ष नेपालले यथास्थितीमा बजेट पास हुन नसक्ने चेतावनी दिएका छन्। उनले डडेल्धुरा, गोरखा र मकवानपुरमा अत्यधिक बजेट पारिएको र अन्य जिल्लामा न्यून बजेट पारिएको भन्दै सार्वजनिक रुपमै यस्तो मान्य नहुने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार