संसदीय सुनुवाइ समितिको बैठक बस्दै : प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, ०९ : २३
संसदीय सुनुवाइ समितिको बैठक बस्दै : प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने

काठमाडौ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल हुने भएको समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा कार्कीउपर प्राप्त उजुरी खोलेर वितरण गर्ने, सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने हुनेछ । 

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । 

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस