काठमाडौं । नेकपा एमालेका सांसद विष्णु प्रसाद पौडेलले बजेटले मुलुकको विद्यमान आर्थिक अवस्थालाई वेवास्ता गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफलमा भाग लिदै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले बजेका सिद्धान्त, प्राथमिकता, नीति र कार्यक्रमको बीचमा कुनै पनि प्रकारको संगति र तदरुपकता नदेखिएको बताए।
'नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कोतिर र बजेट अझै अर्कोतिर फर्केर आएको छ। यिनीहरूबीचमा कुनै तादम्मेता छैन,'उनले भने,'सिद्धान्त र प्राथमिकता ,नीति तथा कार्यक्रम र बजेट एकअर्कासँग अन्तर सम्बन्धित हुनुपर्ने हो।'
नीति तथा कार्यक्रममा उल्लेख गरिएका कयौं कार्यक्रम र योजनालाई बजेटले वेवास्था गरेको उनको भनाइ छ। उनले कतिपय योजनाहरूको कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा तिनका बारेमा स्मरण समेत नगरिएको भन्दै आपत्ती जनाए। उनले भने,' उदाहरणका लागि हिउँदको याममा ३० र वर्षामा ५० युनिटसम्म विद्युत निशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको छ। गेटा मेडिकल कलेजलाई दशथचन्द मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रमको घोषणाबाट बजेट पछि हटेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै उम्किन खोज्या छ।'
पौडेलले सिद्धान्त र प्राथमिकतासँग नीति र कार्यक्रममा बजेटको अन्तर सम्बन्ध हुनुपर्ने बताए। उनले भने,'सिद्धान्त र प्राथमिकतासँग नीति र कार्यक्रमसँग बजेटको अन्तर समबन्ध हुँदैन भने यो सिद्धान्त कार्यक्रम प्रस्तुत किन गर्ने?'
बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको भन्दै समाधानका निम्ति कुनै दुष्टिकोण दिन समेत नसकेको बताए। उनले बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाईा वेवास्ता गरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल