स्विडेनमा गोलीबारी हुँदा एक जनाकाे मृत्यु, दुई गम्भिर घाइते

एजेन्सी

आइतबार, २८ जेठ २०८०, ११ : ३२
स्विडेनमा गोलीबारी हुँदा एक जनाकाे मृत्यु, दुई गम्भिर घाइते

स्टकहोम । स्वीडेनको राजधानी स्टकहोममा गोलीबारीमा परी एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाईएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ । स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए।

गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ । प्रहरीका अनुसार गोली चलाएको एक घण्टाभित्रै स्टकहोमको दक्षिणतिर कारको पछि लागेर दुई जना अभियुक्तलाई पक्राउ गरेको बताए । उनीहरुलाई प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस