काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको दुई महिनासम्म पनि सम्बन्धित निकायले खुलाउने प्रयास गरेको छैन् । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।
नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृतसमेत नगरपालिका आउन नमान्दा समस्या भएको छ । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेको स्थानीयले बताएका छन् ।
जनप्रतिनिधि आएको एक वर्ष पूरा भए पनि आन्तरिक विवादका कारण नगर विकासको काम हुन सकेको छैन । हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दो कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीयले बताएका छन् ।
माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि संघर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद