बाँकेमा स्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १६ : २४
बाँकेमा स्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस