काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको टिप्पणी गरेका छन् । पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको बताएका हुन् ।
‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ । प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ । तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन् । नेपाल आफैमा सुनको कचौरा जस्तो छ ’ प्रचण्डले भने, ‘हामी धुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ । यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’ देशमा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताए । कृषिबाट उत्पादन वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनले बताए ।
‘हामी यस्तो किन भयौँ ? आजको प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने यही निर छ । हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ । वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ ।’ नेपालीहरू बहादुरी र वीरतामा डराउने जाति समेत नभएपनि आर्थिक दृष्टिकोणले पछि परेको प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड