काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ परेका छन् ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर