काठमाडौं। मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका–४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु