काठमाडौं। मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका–४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते