कञ्चनपुर। कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ