काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको बताएका छन् । आज आयोजित नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले निश्चित समूहले फाइदा लुटेको बताएका हुन् ।
‘आगामी वर्षको आय/व्यय विधेयकमार्फत साना लगानीकर्तालाई समस्या पार्ने लक्ष्य होइन,’ मन्त्रीले भने, ‘यसलाई विपरित हल्ला फैलाएर निश्चित लगानीकर्ताले ५६ लाख लगानीकर्ता करको दायरामा आउने भए, बर्बाद भयो भन्ने विषय प्रचार गरे ।’ यसबाट ५६ लाख लगानीकर्ताको संख्या देखाउँदै निश्चित समूह नै फाइदामा छ ।
‘सेयर बजार र सम्पूर्ण लगानीमा नै पारदर्शिता जरुरी छ । त्यसैले नियमनका कामलाई दृढताका साथ निर्वाह गर्नपर्ने अवस्था छ,’ मन्त्री महतले भने, ‘सेयर बजारमा सिमित मान्छेहरुले मात्रै चलखेल गर्ने काम भइरहेको छ ।’ निश्चित लगानीकर्ताको इशारामा सेयर बजार तलमाथि गर्ने काम भइरहेको समेत अर्थमन्त्री डा.महतले बताए ।
निश्चित लगानीकर्ताको चलखेलका कारण आम लगानीकर्ता यसको लाभबाट बञ्चित भइरहेको स्मरण गर्दै अर्थमन्त्रीले भने, ‘यस्तो स्थितिको अन्त्य हुन जरुरी छ ।’ आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर बजारको विषयमा लेखिएको विषयलाई समेत तोडमोड गरिएकोमा अर्थमन्त्रीले असन्तुष्टि पोखे ।
यस्तै, उनले लगानीकर्ताको सुरक्षा सुरक्षित गर्नु धितोपत्र बोर्डको दायित्व र जिम्मेवारी भएको समेत बताएका छन् । त्यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्ने र गरिरहेको बताएका छन् । ‘अहिले सेयर बजारमा फाइनान्सियल र हाइड्रोपावर विशेषत कारोबारमा अग्रता लिइरहेका छन्,’ महतले भने, ‘अन्य रियल सेक्टरका व्यवसायलाई पनि विस्तारै सेयर बजारमा समावेश गर्न जरुरी छ ।’ यसो भएमा लगानीको दायरा बढ्छ र अर्थतन्त्रमा उद्योग व्यवसाय र कम्पनीको पारदर्शिता पनि बढ्दै जाने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दैछ : अर्थमन्त्री महत
विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत
आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : अर्थमन्त्री महत
बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भेटवार्ता
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत