स्याङ्जा । स्कारपियो गाडी दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्लाको अर्जुनचौपारी गाउँपालिका- ३ खोलेमा जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुने सवारी चालक त्यहाँको वालिङ- ४ एलादीका ३५ वर्षीय अमृत खनाल रहेका छन्।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य ३ जना घाइते भएका हुन्।
दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।
गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते