माध्यमिक तहको पाठ्यक्रममा हरि बुढामगरको जीवनी समावेश गर्न सांसद घर्तीको माग

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, ११ : ४८
माध्यमिक तहको पाठ्यक्रममा हरि बुढामगरको जीवनी समावेश गर्न सांसद घर्तीको माग

काठमाडौं । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले दुबै खुट्टा नभएरपनि सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम राख्न सफल रोल्पाका हरि बुढामगरको सम्मानमा उनको जीवनी माध्यमिक तहको पाठ्यक्रममा समावेश गर्न माग गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै घर्तीले देश तथा विदेशमा समेत आफ्नो देशको शिर उचों बनाउने कार्य बुढामगरले गरेको भन्दै उनलाई नेपाल सरकारले प्रदान गर्ने उच्च तहको विभूषण प्रदान गर्नसमेत माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस