काठमाडौं। नेकपा एमालेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन माग गरे ।
उनले भने, ‘हामी सुशासनको पक्षमा छौं । यसको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्यो । होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन गराएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं ।’उनले बजेट निर्माण हुनुअघि मध्यवर्गीहरूले चढ्ने ११ सय गाडी नेपाल भित्रिएको बताए ।’
उनले भने, ‘महंगा गाडीमा भन्सारशुल्क खासै बढाइँदैन । तर, मध्यमवर्गीयहरूले चढ्ने गाडीमा भन्सार शुल्क बढाइन्छ । ती सबै कुरा कसरी भइरहेका छन् । आम जनताले जान्न चाहेका छन् । आज १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू छन् । ती साना गाडीहरुमा ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान हुन पुगेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसन ०८४ का लागि ओलीकै नेतृत्व आवश्यक: पदम गिरी
पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी
बाउन्स चेकको भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने प्रस्ताव