काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताए । संघीय संसदको दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरा दिनुपर्ने भन्दै उनले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रसंघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री प्रचण्ड [पूर्णपाठ]
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए (फोटोफिचर)
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच छेन्दुमा भेटवार्ता
कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्न सकिने व्यवस्था मिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन