काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छन। सोमवार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे ।
उनले सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताए । उनले अहिले विश्वको चुनौति भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए। उनले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक बिवा रोप्दै जाने हो भने देश हराभरा हुने बताए।
उनले भने , ‘वातावरणलाई मैत्रीपूर्ण बनाउने हो भने, अरु देशबाट नभइ, अरुको भाषण नसुनी आफूबाटै शुरु गरी नेपाली सबै जनाताले प्रण गर्ने हो भने, फोहोर गर्दैनौँ, गर्न दिन्ँदैनौँ, प्लाष्टिकको प्रयोग गर्दैनौँ भन्ने प्रण गरेको खण्डमा यसलाई हामी कम गर्नसक्छौँ । अहिले विश्वको चुनौति भनेकै जलवायु परिवर्तन बनेको छ । हामीबाट नै यसमा शुरु गरौँ । हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ । हामी ठूला भाषण गर्छौं तर यहाँबाट निस्किनेबित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ । पुथ्वीलाई बचाउँ, आफैँबाट शुरुवात गरौँ ।’
मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १२ : ४५
लेखकबाट थप