प्रधानमन्त्रीले खोजे संसदमा देउवा र ओली

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १२ : १४
प्रधानमन्त्रीले खोजे संसदमा देउवा र ओली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर आज प्रतिपक्षी दलको प्रमुख नेता हुनुहुन्न । सत्ता गठबन्धनको पनि नेता हुनुहुन्न । अली नमिठो महसुस भएको छ ।’

उनले हिजोदेखि सदनमा भारत भ्रमणका उठेका प्रश्नबारे स्पष्ट पार्न आफू यहाँ उपस्थित भएको पनि बताए । उनले भारत भ्रमणबारे जानकारी दिन सुरु गर्दा ढिला गरी ओली भने बैठक हलमा प्रवेश गरे । त्यसपछि प्रचण्डले भने, ‘म प्रतिपक्षी दलका नेतालाई धन्यवाद भन्न चाहन्छु। उहाँ आइदिनु भयो ।’ त्यसपछि उनले भारत भ्रमणका सन्दर्भमा उठेका विषयहरुको जवाफ दिन सुरु गरे ।

प्रतिक्रिया दिनुहोस