अल्टिच्युड एयरका पाइलट निलम्बित

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १९ : ११
अल्टिच्युड एयरका पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयरका एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणद्वारा जारी हवाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा उनलाई अनिश्चित कालका लागि निलम्बन गरिएको उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, 'अल्टिच्युड एयर प्रा। लिमिटेडलाई क्यान सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आरोपमा अर्को सूचना नभएसम्मका लागि उडानबाट  निलम्बन गरिएको छ ।'
 

प्रतिक्रिया दिनुहोस