नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १६ : ४३
नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए

काठमाडौं। नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् ।केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।

सोही अवसरमा नेकपा एसका उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि च्यासलमा थिए । उनले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताए ।

प्रतिक्रिया दिनुहोस