काठमाडौं। नाबलिग जबर्जस्तीकरणी मुद्धा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्न जाने भएका छन् ।सन्दीप सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्धको मुद्धा असार २९ का लागि तोकेको छ । मुद्धा पर सरेसँगै सन्दीपलाई क्रिकेट खेल्न दक्षिण अफ्रिका जाने बाटो खुला भएको हो ।विश्वकप क्यालिफायर खेल खेल्नका लागि यसअघि नै नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । मुद्धाकै कारण सन्दीप भने दक्षिण अफ्रिका जान बञ्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त