भक्तपुर। राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुने पनि जनाइएको छ ।
यसअघि पार्टीको सचिवालको वैठक वैशाख १७ गते वसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछिबाट निरन्तर पार्टीले जिल्लाजिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेमकिपा सचिवालय बैठकले भन्याेः नागरिकता बिधेयक प्रमाणीकरण असंबैधानिक
मूल्यवृद्धिविरुद्ध नेमकिपाकाे प्रदर्शन
नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने
नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल
नेमकिपाको गढ भक्तपुर-१ मा राप्रपालाई अग्रता
नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी