वनमन्त्री महतोद्वारा सहिद रमेश महतोको शालिकमा माल्यार्पण

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १४ : ३६
वनमन्त्री महतोद्वारा सहिद रमेश महतोको शालिकमा माल्यार्पण

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिरहाको लहानमा शहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका महतोले सिहराको लहानमा रहेको शहिद रमेश महतोलगायतका शहिदहरुको प्रतिमा मूर्तिमा माल्यार्पण गरेका हुन् । मन्त्री महतोले शहिदका सपना पूरा गर्न आफूहरु लागिपरेको धारणा राखेका थिए ।

सो क्रममा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्नुको साथै लहानमा रहेको मानिकदहको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिर्चैयाको हिलमा वृक्षारोपण गरेका थिए ।

‘रूख रोपौं, पर्यावरण जोगाऔं’ मूल नारा दिएर सो ठाउँमा गरिएको वृक्षारोपणमा मन्त्री महतोले विरुवा रोपेका थिए । चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा सयौंको संख्यामा युवाहरु उपस्थित् भएर वृक्षारोपण गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस