ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठलाई एसिया पारा ब्याडमिन्टन संघको अध्यक्षबाट हटाइयो

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १६ : ११
ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठलाई एसिया पारा ब्याडमिन्टन संघको अध्यक्षबाट हटाइयो

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई एसिया पारा ब्याडमिन्टन संघको अध्यक्ष पदबाट हटाइएको छ । उनको ठाउँमा भुटानका किनले क्षिरिङलाई अध्यक्ष बनाइएको हो ।२७ मे २०२३ मा दुबईमा सम्पन्न ब्याडमिन्टन एसियाको महाधिवेशनले सन् २०२३ देखि २०२७ सम्म ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

श्रेष्ठ संघमा लामो समय अध्यक्ष रहे पनि पारा ब्याडमिन्टनका लागि कुनै भूमिका निर्वाह नगरेकाले अध्यक्ष पदबाट हटाइएको स्रोतले बताएको छ ।अपांगता भएका व्यक्तिहरूको ब्याडमिन्टन खेलसम्बन्धी प्रतियोगिता एसियाका विभिन्न देशहरूमा संचालन गर्नुपर्नेमा केही भूमिका निर्वाह नगरेकाले उनलाई पदबाट हटाइएको हो । उनले नयाँ कुनै प्रोजेक्टसमेत तयार नगरेकाले उनलाई कारवाहीगरी भुटानका क्षिरीङलाई अध्यक्ष बनाइएको स्रोतले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस