नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनाको बयान सकियो

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, २१ : ३०
नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनाको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी हालसम्म ९ जनाको बयान सकिएको छ ।प्रकरणमा बुधबार गोविन्द चौधरीको बयान लिइएको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा तीन प्रतिवादीको बयान लिन सुरु गरिएकोमा चौधरीको बयान चाँडै सकिएपछि अर्का प्रतिवादी रामशरण केसीको बयान पनि लिइएको हो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै चौधरीले आफू पनि यो प्रकरणमा पीडित रहेको बताएका छन् । आफूले समेत अमेरिका जान भन्दै रकम बुझाएको र नक्कली शरणार्थी प्रकरणमा संलग्न अन्य एक प्रतिवादीसँग आर्थिक कारोबार गरेकै आधारमा आफूलाई प्रतिवादी बनाइएको उनको गुनासो थियो ।

न्यायाधीश न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारीको बयान पनि लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ९ प्रतिवादीको बयान लिइसकिएको छ ।

केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई, नरेन्द्र केसी र गोविन्द चौधरीको बयान लिने काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस