भेनेजुएलाका राष्ट्रपति मदुरोलाई ब्राजिलमा न्यानो स्वागत

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १२ : ४३
भेनेजुएलाका राष्ट्रपति मदुरोलाई ब्राजिलमा न्यानो स्वागत

एजेन्सी। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भेनेजुएलाका समकक्षी निकोलस मदुरोसँग सोमवार भेटघाट गरेका छन् । भेनेजुएलाविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्ध आवश्यकताभन्दा बढी भएको पनि लुलाले बताए ।ब्रासिलियास्थित राष्ट्रपति भवनमा मदुरोलाई लुलाले अँगालो हालेर ढाड थपथपाएका थिए । 

दक्षिण अमेरिकी नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन मदुुरो ब्राजिल पुगेका थिए । नेताहरूले दक्षिण अमेरिकी मुलुकहरूको संघ ब्युँताउने विषयमा मंगलवार कुराकानी गर्नेछन् । मदुरोको समाजवादी सरकारलाई वैधता नदिएको भन्दै लुलाले अमेरिकाको आलोचना गरेका छन् ।

वाशिङटनले मदुरो सरकार निरंकुश भएको र मानवअधिकार उल्लंघन कार्यमा संलग्न रहेको बताउने गरेको छ । भेनेजुएलाविरुद्ध ९०० वटा प्रतिबन्ध लगाएको भन्दै लुलाले अमेरिकाको आलोचना गरेका हुन् । ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोले मदुरोलाई मन नपराउने भए पनि लुलाले दुई देशबीचको सम्बन्ध पुनर्बहालीका लागि प्रयास गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस