एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १००० को क्यास ब्याक

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, ११ : ३१
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १००० को क्यास ब्याक

काठमाडौं । ‘आइएमईपे’ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमईपे ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई रु १००० क्यास ब्याक दिने भएको हो।

सो क्यास ब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले रु१०००क्यासब्याक जित्न सक्नेछन ।क्यास ब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ।यो क्यास ब्याक अफर केही समयावधिका लागिमात्र लागु हुनेछ।

केही समययता आइएमई पे र एम बैंकबिच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो।सो सम्झौतापत्र आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस