काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्।
सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना नदेखिएको बताएका हुन्।
उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए।
पूर्वअर्थमन्त्री पौडेलले भने, ‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन। चलनचल्तीका कार्यक्रम घोषणाबाहेक बजेटले केही गर्न सकेको छैन। आमनेपाली जनतामा आशा र भरोसा दिन सक्दैन। अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाइबाट समाधान दिनुपर्ने थियो। त्यस हिसाबले बजेट आएको छैन। बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन। ’
उनले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दानक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पूँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसमेत पूरा गर्न नसक्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल